सन् २०२० मा विश्वभर ६५ पत्रकार मारिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सन् २०२० मा विश्वभर ६५ पत्रकार मारिए

एजेन्सी, १ चैत । सन् २०२० मा विश्वभरमा ६५ जना पत्रकार मारिएको एक अध्ययनले देखाएको छ । विश्वभरका पत्रकारको छाता संगठन इन्टभरनेसनल फेडेरेन अफ जर्नलिस्ट आईएफजेको अध्ययन अनुसार गएको वर्ष विश्वभर ६५ जना पत्रकारको मृत्यु भएको हो । ती पत्रकार तथा सञ्चारकर्मीहरुको कार्य क्षेत्रमा खटिँदा सांघातिक आक्रमण, बम विस्फोट र झडपमा मारिएका हुन् ।

आईएफजेले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार अफगानिस्तानमा सबैभन्दा धेरै १० जना पत्रकार मारिएका छन्। त्यसैगरी पाकिस्तानमा ९ जना, भारतमा ८ जना, फिलिपिन्स र सिरियामा ४÷४ जना, नाइजेरिया र यमनमा ३/३ जना पत्रकार मारिएका छन् । यसैगरी, इराक, सोमालिया, बंगलादेश, क्यामरुन, होन्डुरस, पराग्वे, रसिया र स्विडेनमा पनि पत्रकारको हत्या भएको छ ।

आईएफजेको तथ्यांकअनुसार सन् २०१९ मा भने विश्वभर ४८ पत्रकार मारिएका छन्। आईएफजेले सन् १९९० बाट विश्वभर मारिने पत्रकारबारे वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको हो । सोही वर्ष पनि विश्वभर ६५ पत्रकार नै मारिएका थिए ।

आईएफजेको तथ्यांकअनुसार विश्वभर हालसम्म २ हजार ६ सय ८० जना पत्रकार मारिइसकेका छन् । धेरै पत्रकार मारिने मुलुकमा मेक्सिको, पाकिस्तान, अफगानिस्तान, सोमालिया, भारत, फिलिपिन्सलगायतका मुलुकहरु पर्दछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);