काबुलमा भएको आत्मघाति आक्रमणमा ८ पत्रकारसहित २९ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

काबुलमा भएको आत्मघाति आक्रमणमा ८ पत्रकारसहित २९ को मृत्यु

kabul

एजेन्सी , १७ बैशाख । अफगानिस्तानको राजधानी काबुलमा आज विहान भएको आत्मघाति आक्रमणमा ८ जना पत्रकारसहित २९ जना मारिएका छन् । मारिनेमा समाचार संस्था एएफपीका एक वरिष्ठ फोटो पत्रकार पनि छन् ।

पहिलो बिस्फोट बिहान ८ बजे भएको एएफपीले उल्लेख गरेको छ । अमेरिकी दूतावास र अफगान सरकारका कार्यालयहरु भएको स्थानमा भएको बिस्फोटपछि पत्रकारहरु उक्त स्थानमा भेला भएका थिए । लगत्तै पत्रकारको समूलाई नै लक्षित गरी अर्को आक्रमण भएको हो ।

घटनामा एएफपीका वरिष्ठ फोटो पत्रकार साह माराइ मारिएको एएफपीले उल्लेख गरेको छ । सन् १९९६ मा ड्राइभरका रुपमा एएफपी पसेका माराइ सन् २००२ देखि पूर्णकालीन फोटो पत्रकार बनेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);