काबुलमा रकेट बम हमला : ८ जनाको मृत्यु, ३० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काबुलमा रकेट बम हमला : ८ जनाको मृत्यु, ३० जना घाइते

एजेन्सी, ६ मंसिर । अफगानिस्तानको राजधानी काबुलमा रकेट बम हमलाबाट ८ जना मारिएका छन् । यस्तै हमलाबाट ३० जना घाइते भएका छन्।

काबुलको घना बसोबास रहेको क्षेत्र र अति सुरक्षित मानिएको ग्रीन जोन क्षेत्रमा शनिबार रकेट बम हमला भएको हो । शनिबार बिहान ९ बजे उक्त आक्रमण भएको हो ।

घटनापछि स्थानीय बासिन्दा र विद्यार्थीहरुमा भागदौड मच्चिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएका थिए । केही घाइतेहरुको अवस्था गम्भीर रहेको अफ्गान सरकारले जनाएको छ ।

अफ्गानी गृह मन्त्रालयका प्रवक्ता तारिक अरिअनले यस घटनालाई तालिबानी ‘आतंकवादी’ हमला भएको आरोप लगाएका छन । तारिकका अनुसार राजधानी काबुलमा शनिबार २३ वठा रकेट बम हानिएको थियो । पछिल्लो केही साताको अन्तरमा काबुलमा मात्रै भएका विभिन्न आक्रमणमा ५० जनाको मृत्यु भइसकेको छ ।

अफगानिस्तानमा २० वर्षदेखि नै युद्धरत सशस्त्र समूह तालिबानसँग अफगान सरकारको चरणवद्ध वार्ता भइरहेको छ । यद्यपि दुबै पक्षबाट सम्झौता उल्लंघन गर्ने काम भइरहेको छ । सरकारले भने यस्ता प्रकृतिका आक्रमणमा तालिबान समूहलाई आरोप लगाउने गरेको छ ।।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);