थाइल्याण्डको फुकेटमा भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु, ३० भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८३, मंगलबार

थाइल्याण्डको फुकेटमा भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

थाइल्यान्डको दक्षिणी प्रान्त फुकेटमा चारतले भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । थाई सञ्चारमाध्यमकाअनुसार सोमवार बिहान सबेरै भवनमा आगलागी भएको थियो । आगलागीका कारण भवनमा ठूलो क्षति पुगेको छ । घटनामा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारणबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन ।

Leave a Reply