आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु

बेइजिङ। चीनको उत्तरपश्चिमी सिन्जियाङ क्षेत्रमा रहेको एक आवासीय भवनमा भएको आगलागीमा परी १० जनाको मृत्यु भएको छ। आगलागीमा ९ जना घाइते भएका छन् । एउटा अग्लो भवनमा आगलागी भएको थियो । ‘आकस्मिक उपचारको बाबजुद दस जनाको मृत्यु भयो’, सिन्ह्वाले रिपोर्ट गरेको छ। घाइते ९ जना खतरामुक्त रहेको बताइएको छ। कमजोर सुरक्षा मापदण्ड र तिनीहरूलाई लागू गर्ने जिम्मेवार अधिकारीबीचको भ्रष्टाचारको कारणले गर्दा चीनमा बारम्बार आगलागीका घटना दोहोरिएका छन् । यो हप्ता मध्यचीनको आन्याङ सहरमा रहेको एउटा कारखानामा आगलागी हुँदा ३८ जनाको मृत्यु र दुई जना घाइते भएका थिए ।

अधिकारीहरूले विद्युत वेल्डिंगमा कामदारहरूले सुरक्षा उपायहरू उल्लंघन गरेको दोष लगाएका थिए ।

Leave a Reply

ताजा समाचार