नयाँ दिल्लीस्थित एक कपडा गोदाममा आगलागी हुँदा ९ को मृत्यु, १० घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नयाँ दिल्लीस्थित एक कपडा गोदाममा आगलागी हुँदा ९ को मृत्यु, १० घाइते

एजेन्सी, ७ पुस । भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा कपडा गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । साेमबार विहान ४ बजे उत्तरपूर्वी दिल्लीको किरारी क्षेत्रमा रहेको तीन तले भवनको भुँइतलामा रहेको कपडा गोदाममा आगलागी भएको हो । आगलागीमा अन्य १० जना घाइते भएको बताइएको छ ।

आगलागी खाना पकाउने ग्यास सिलिण्डर पड्केर भएको प्रारम्भिक अनुमान गरिएको छ । दुई साताभित्रै नयाँ दिल्लीमा आगलागीको यो दोस्रो घटना हो ।

यसअघि ८ डिसेम्बरमा दिल्लीकै रानी झाँसी रोडमा रहेको पुरानो अनाज मण्डी बजारमा रहेको एउटा झोला र खेलौना कारखाना रहेको भवनमा बिजुलीको तार सट भएर आगालागी हुँदा ४३ जनाको मृत्यु भएको थियो भने १५ भन्दा बढी घाइते भएका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);