नयाँ दिल्लीको खाद्य गोदाममा भीषण आगलागी हुँदा ३५ जनाको मृत्यु, ५० घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

नयाँ दिल्लीको खाद्य गोदाममा भीषण आगलागी हुँदा ३५ जनाको मृत्यु, ५० घाइते

naya delhi aagolagi

एजेन्सी, २२ मंसिर । भारतको नयाँ दिल्लीस्थित एक खाद्य गोदाममा आगलागी हुँदा ३५ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् ।

आइतबार बिहान नयाँ दिल्लीस्थित झाँसी रोडमा सुरु भएको आगलागीका कारण उक्त खाद्यान्न गोदाममा कार्यरत कामदारहरुको मृत्यु भएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सो स्टोरभित्र अझै धेरै मानिस फसेको हुन सक्ने आशंकामा खोजी भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आगो नियन्त्रणमा लिन ३० वटा दमकल परिचालन गरिएको थियो । आगलागी भएको क्षेत्र साँघुरो गल्लीभित्र भएकाले दमकललाई आगो निभाउन समय लागेको अधिकारीहरूले बताएका छन् । मजदुरहरु सुतिरहेका बेलामा आगलागी भएको कारणले धेरै संख्यामा मानवीय क्षति भएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);