पत्रकार खशोग्गीको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्डको सजाय, ३ जनालाई २४ वर्ष जेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पत्रकार खशोग्गीको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्डको सजाय, ३ जनालाई २४ वर्ष जेल

एजेन्सी, ७ पुस । साउदी अरबको एक अदालतले पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न भएको ठहर गर्दै ५ जनालाई मुत्युदण्डको सजाय सुनाएको छ । त्यसैगरी घटनामा संलग्न भएको भन्दै ३ जनालाई २४–२४ वर्षको जेल सजाय सुनाइएको छ ।

साउदी सरकारका आलोचक पत्रकार खशोग्गीको सन् २०१८ अक्टोबर २ तारिखमा टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूताबासमा हत्या भएको थियो ।

सुरुमा साउदी अरबले खशोग्गीको हत्या भएको स्वीकार गरेको थिएन । अमेरिकामा बस्दै आएका खशोग्गी श्रीमतीसँगको सम्बन्ध विच्छेदको कागजात प्रमाणीकरणका लागि वाणिज्य दुतावास गएका बेला हत्या गरिएको थियो ।

राज्यस्तरबाटै खशोग्गीको हत्या भएको भन्दै साउदी अरेबियाको अन्तर्राष्ट्रिय स्तरमै आलोचना भएको थियो। अन्तर्राष्ट्रिय दबावसँगै खशोग्गीको हत्या भएको स्वीकार गरेको साउदी अरबले हत्यामा क्राउन प्रिन्स मोहम्मद बिन सलमानको संलग्नता भने नरहेको दाबी गरेको छ ।

यसअघि अमेरिकी खुफिया एजेन्सी सीआईए र पश्चिमा देशका सरकारले क्राउन प्रिन्स सलमानले नै खशोग्गीको हत्याको आदेश दिएको दाबी गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);