पत्रकार खशोग्गीको हत्यामा साउदी युवराजले निर्देशन दिएको सिआइएको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पत्रकार खशोग्गीको हत्यामा साउदी युवराजले निर्देशन दिएको सिआइएको निष्कर्ष

एजेन्सी, १ मंसिर । अमेरिकी गुप्तचर निकाय सीआइए साउदी पत्रकार जमाल खशोग्गीको हत्याका लागि साउदी अरबका युवराज मोहम्मद बिन सलमानले निर्देशन दिएको निष्कर्षमा पुगेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

टर्कीले हत्यासँग जोडिएको टेप अमेरिका र साउदीलाई उपलब्ध गराएपछि सीआइएको रिपोर्ट सार्वजनिक भएको हो । टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा गत अक्टोबर २ मा खशोग्गीको हत्या भएको थियो ।

साउदी युवराजका कट्टर आलोचक मानिने खशोग्गीको हत्या उनको स्वीकृतिबिना सम्भव नभएको उनीहरुको बुझाइ छ । तर, साउदी अरबले भने यो दाबी झुटो भएको भन्दै खशोग्जी हत्याको योजनाबारे युवराजलाई कुनै जानकारी नभएको जनाएको छ ।

सुरुमा उनको अवस्थाबारे जानकारी नभएको बताउँदै आएको साउदी सरकारले चर्को दबाबपछि भने खशोग्जीको मृत्यु भएको र खराब नियत भएका ‘एजेन्ट’ले हत्या गरेको जनाएको थियो ।

साउदी कन्सुलर कार्यालयमा हत्या भएका खाशोग्गीको पार्थिव शरीरका बारेमा अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन । सुरुमा पत्रकार खाशोग्गीको अवस्थाका बारेमा कुनै किसिमको जानकारी नरहेको बताउँदै आएको साउदी अरेबियाले मुक्का हानाहानमा मृत्यु र त्यसपछि खराब नियत भएका एजेन्टले हत्या गरेको भन्दै बयान जारी गरेको थियो ।

तर उसले खाशोग्गीको हत्यामा कुनै पनि किसिमले राज परिवारको संलग्नता नरहेको स्पष्ट रुपमा बताउँदै आएको छ ।

टर्कीले पत्रकार खाशोग्गीको कन्सुलर कार्यालयमा पसे लगत्तै हत्या भएको बताइरहँदा पनि झण्डै तीन हप्तासम्म साउदी अरेबियाले उनी कन्सुलर कार्यालयबाट बाहिर निस्किएको बताएको थियो । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले खशोग्गीको हत्यामा संलग्नलाई न्यायको कठघरामा उभ्याउनुपर्ने बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);