पत्रकार खसोग्जीको हत्या सम्बन्धी टेप रेकर्ड सुन्दिन: ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पत्रकार खसोग्जीको हत्या सम्बन्धी टेप रेकर्ड सुन्दिन: ट्रम्प

donald trump

काठमाडौं, ३ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खसोग्जीको हत्या सम्बन्धी टेप रेकर्ड आफूले नसुन्ने बताएका छन् । उनले आफूले सो टेप दर्दनाक भएको सुनेकाले प्रत्यक्ष रुपमा सुन्न मन नलागेको बताएका छन् ।

साउदी पत्रकार जमाल खशोग्जीको हत्या सम्वन्धि टेप टर्कि सरकारले अमेरिकालाई उपलव्ध गराएको छ । ट्रम्पले आफूलाई टेपबारे पूर्ण जानकारी दिइसकेकाले यो सुन्न आवश्यक नै नभएको बताएका छन् । उनले फक्स च्यानलसँग कुराकानी गर्दै टेप नसुनिकनै यसबारे सबै थाहा पाइसकेको बताउदै त्यो निकै हिंस्रक, क्रुर र भयानक भएकोले आफुले सुन्न नसक्ने बताएका छन् ।

साउदी अरेबियाका पत्रकार जमाल खशोग्जीको हत्या सम्बन्धी रहस्य अझै सुल्झिएको छैन । हत्याको पुष्टि भए पनि त्यसमा संलग्नको पहिचान हुन सकेको छैन भने शरीर कहाँ छ भन्ने पनि खुलेको छैन । पछिल्ला घटना क्रम र अनुसन्धानहरुले हत्या साउदी अरेबियाका शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमान को निर्देशनमा भएको भन्नेमा प्रमाण जुट्दै गएका दाबी गरिएको खबर आइरहेका छन् ।

साउदी सरकारले भने पत्रकार खशोग्जीको हत्यामा युवराज सलमान वा राजपरिवारका कुनै पनि सदस्यको कुनै किसिमको संलग्नता नरहेको बारम्बार स्पष्ट रुपमा बताउँदै आएको छ । पछिल्लो समय टर्कीले हत्याको प्रमाणको रुपमा लिइएको टेप अमेरिका, साउदी अरेबियासहितलाई दियो ।

त्यसमा युवराज सलमानको निर्देशनमा हत्या भएकोमा बलियो प्रमाण पाइएको दाबी गरिँदै आएका छन् । अमेरिकी गुप्तचर निकाय सिआइए हत्यामा युवराजको संलग्नता रहेको निष्कर्षमा पुगेको दाबी पनि गरियो । तर अमेरिकी विदेश मन्त्रालयले अहिले नै कुनै निष्कर्षमा अनुसन्धान नपुगेको र साउदी युवराजको संलग्नता रहेको भन्ने अहिलेसम्म नदेखिएको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हत्याको पूर्ण अनुसन्धान प्रतिवेदन चाँडै सार्वजनिक हुने र संलग्नको पहिचान पनि गरिने बताएका थिए । यस्तै अमेरिकी विदेश मन्त्रालयले पत्रकार खाशोग्गीको हत्या र त्यससँग जोडिएको अनुसन्धान अरु देशसँगको सहकार्यमा गरिने र यसक्रममा साउदी अरेबियासँग रहेको महत्वपूर्ण रणनीतिक सम्बन्धको पनि ख्याल गरिने बताएको छ ।

पछिल्लो विकास क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले हत्याको प्रमाणको रुपमा ठानिएको टेप आफूले नसुन्ने बताएका छन् । टेपमा रहेको कुरा बारे अनुसन्धानमा संलग्न अधिकारीले आफूलाई जानकारी गराएको ट्रम्पले बताएका छन् । तर त्यो टेप आफैले भने नसुन्ने उनले स्पष्ट पारेका हुन् । पत्रकार खशोग्जीको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);