खाशोग्गीको हत्यामा साउदी राजकुमारको संलग्नतामाथि बल पुगेको अमेरिकी आशंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

खाशोग्गीको हत्यामा साउदी राजकुमारको संलग्नतामाथि बल पुगेको अमेरिकी आशंका

एजेन्सी, १९ मंसिर । अमेरिकाको साउथ क्यारोलिनाका रिपब्लिकन सिनेटर ग्राहमले साउदी क्राउन प्रिन्सलाई खतरनाक तथा काम नलाग्ने व्यक्तिको रुपमा परिभाषित गरेका छन् । आफ्नो भनाईका क्रममा उनले साउदी युवराजलाई सन्कीको संज्ञा दिएका छन् ।

पत्रकार जमाल खाशोग्गीको हत्यामा विषयमा कुरा गर्दै साउथ क्यारोलिनाका रिपव्लीकन सिनेटर ग्राहमले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानको संलग्ता नरहेको भन्नेमा आफूहरुलाई थप विश्वास नलाग्ने अवस्था बनेको बताएका छन् ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित कन्सुलर कार्यालयमा भएको हत्याको सम्बन्धमा अनुसन्धान गरेको अमेरिकी गुप्तचर निकाय सिआइएले आफ्नो अनुसन्धानका बारेमा सिनेटरलाई ब्रिफिङ्ग गरेको छ ।

त्यसपछि सिनेटरहरुले घटनामा युवराज मोहम्मद विन सलमानको संलग्नता रहेको तर्फ संकेत गरेका हुन् । सिनेटर लिन्डसी ग्राहमले आक्रमक रुपमा खाशोग्गीको हत्या साउदी क्राउन प्रिन्सकै निर्देशनमा भएको विश्वासमा पुगेको बताएका छन् ।

साउथ क्यारोलिनाका रिपब्लिकन सिनेटर ग्राहमले साउदी क्राउन प्रिन्सलाई ‘क्रेजी’ व्यक्तिको रुपमा परिभाषित गरेका छन् । साउदी अरेबियाले पत्रकार खाशोग्गीको हत्या प्रकरणमा ११ जनामाथि आरोप दर्ता गरेको छ । तर हत्यामा क्राउन प्रिन्स वा अरु कोही पनि राजपरिवारका सदस्याको कुनै पनि रुपमा संलग्नता नरहेको बताउँदै आएको छ ।

हत्या भएका पत्रकार खाशोग्गी साउदी अरेबिया, खासगरी क्राउन प्रिन्स मोहम्मद विन सलमानका तीव्र आलोचक हुन् । यहि कारण उनकै निर्देशनमा हत्या भएको आरोप लाग्ने गरेको छ । सिआइए पनि साउदी क्राउन प्रिन्सको संलग्नता रहेको निष्कर्षमा पुगेको खबर आएको छ ।

सिनेटर बब मेनेन्डेज, बब कोर्कर, रिचार्ड सिल्बीसहितले कुनै पनि हालतमा अपराधिको छुट स्वीकार्य नहुने बताएका छन् । हत्या भएका भनिएका पत्रकार खाशोग्गीको शव कहा छ भन्ने अहिले सम्म खुल्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);