इन्डोनेसियामा २४ जना मजदुरको गोली हानी हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इन्डोनेसियामा २४ जना मजदुरको गोली हानी हत्या

एजेन्सी, १९ मंसिर । इन्डोनेसियाको पूर्व प्रान्त पपुवा क्षेत्रमा बन्दुकधारीहरुले गोली हानी निर्माण क्षेत्रमा संलग्न २४ जना मजदुरहरुको हत्या गरेका छन् ।

इन्डोनेसियाको निकै दुर्गम पहाडि गाउँ नदुगा क्षेत्रमा सडक र पुल निर्माणमा संलग्न मजदुरहरुको गोली हानी हत्या गरिएको हो ।

मजदुरहरुको हत्या भएको विषयमा छानबिन गर्न गएको सुरक्षाकर्मीको टोलीमा संलग्न एक जनाको समेत गोली हानी हत्या भएको अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले भने घटनामा पृथकतावादीको संलग्नता रहेको आरोप लगाएको छ । यसलाई पृथकतावादीहरुले गरेको यो एक भीषण आक्रमणको रुपमा लिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);