अमेरिकामा चिकित्सक दम्पतीलाई गोली हानी हत्या गर्ने दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अमेरिकामा चिकित्सक दम्पतीलाई गोली हानी हत्या गर्ने दुई जना पक्राउ

एजेन्सी । अमेरिकाको भर्जिनिया राज्यस्थित स्प्रिंगफिल्ड शहरमा सेनाका चिकित्सक दम्पतीलाई गोली हानी हत्या गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।

प्रक्राउ पर्नेहरुहरु चिकित्सक दम्पतीको सहकर्मी भएको र उनीहरूका नातेदार भएको प्रहरीले छ । उनीहरूलाई हत्यासहित ८ वटा अपराधको अभियोग लाग्ने छ ।

मृतकहरुमा ५५ बर्षिय एडवार्ड म्याकडेनीएल जुनियर तथा ६३ वर्षीय ब्रेन्डा म्याकडेनिएल भएको प्रहरीले जनाएको छन् । उनीहरुलाई गोली हान्ने फोर्ट वाशिंगटन मेरिल्याण्डका १९ वर्षीय डि एञ्जेलो स्ट्राण्ड र २० वर्षीय रोनी मार्शललाई बिहिबार मे २७ का दिन पक्राउ गरिएको छ ।

मृतक दुवै जना अमेरिकी सेनाका कार्यरत चिकित्सकहरू थिए भने एडवार्ड अझ पनि सक्रिय रुपमा सेनामा सेवारत छन् । उक्त घटना गत मे २६ का दिन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);