सर्लाहीमा सुनचाँदी व्यवसायीको हत्यारा ४ वर्षपछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सर्लाहीमा सुनचाँदी व्यवसायीको हत्यारा ४ वर्षपछि पक्राउ

pakrau

सर्लाही । चार वर्ष अगाडी सर्लाहीको हरिपुर नगरपालिका वडा न–९ पिडारीमा एक सुनचाँदी व्यवसायीको गोली हानी हत्या गर्ने मुख्य सुटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–२, पुनर्वासका संजिव पासवान रहेको प्रहरीले जनाएको छ । चार वर्ष पुरानो खुन डाँका तथा सङ्गठित अपराध मुद्दाका फरार प्रतिवादी लालबन्दी नगरपालिका वडा न–२, पुनर्वासका पासवानलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरका अनुसार पिडारी बजारमा सुनचाँदी पसल गर्ने सुनिल साहलाई २०७४ साल असोज २४ गते साँझ पसल बन्द गरेर बुवा राजेन्द्र साह सोनार सँगै घर फर्किदै गर्दा पिडारी र पिपरीयाको बीच बाटोमा अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए । हत्या पछि उनको साथमा रहेको ७ लाख १९ हजार ३ सय ७५ रुपैया समेत लुटेका थिए ।

उनका अनुसार पासवानले नै मुख्य सुटर बनेर सुनिलमाथि गोली प्रहार गरेका थिए । लामो समयसम्म लुकिछिपी बसेका पासवानलाई केही दिनअघि ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रतिवादी पासवानलाई सर्लाही जिल्ला अदालत पेश गर्दा पूर्पक्षमा कारगार चलान गर्ने आदेश भएको र अदालतको सो आदेश बमोजिम आइतवार सिन्धुली कारागार चलान गरिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले बताए ।

प्रहरीले सोही घटनामा संलग्न जय प्रकाश पासवान र उमेश पासवानलाई घटना भएको केही दिनमै पक्राउ गरेको थियो । सुरुमा उनीहरु दुवै जना सर्लाही अदालतको २०७४ मङ्सिर २५ गतेको आदेशमा पूर्पक्षका लागि कारगार चलान भएका थिए र पछि सोही अदालतको फैसलामा प्रतिबादीहरु जयप्रकाश र उमेशलाई जन्मकैदको फैसला भएको तथा मुख्य सुटर संजिब पासवान फरार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);