युवासंघ रूपन्देही अध्यक्षको हत्यामा संलग्न सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

युवासंघ रूपन्देही अध्यक्षको हत्यामा संलग्न सार्वजनिक

विवेक विश्वकर्मा
१५ फागुन भैरहवाँ । एमाले निकट युवासंघ नेपाल रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारीको हत्यामासंलग्नलाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय भैरहवामा पत्रकार सम्मेलन गरी तिवारी हत्यामा संलग्न ८ जनालाई सार्वजनिक गरेको

युवासंघ रूपन्देही अध्यक्षको हत्यामा संलग्न सार्वजनिक

विवेक विश्वकर्मा १५ फागुन भैरहवाँ । एमाले निकट युवासंघ नेपाल रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय भैरहवामा पत्रकार सम्मेलन गरी तिवारी हत्यामा संलग्न ८ जनालाई सार्वजनिक गरेको हो । तिवारीको हत्या गर्न निर्देशन दिने मुख्य योजनाकार रुपन्देही देवदह ६ को मनोज बुढामगर र घटनाको योजनाकार अन्य चार जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र धानुकले मनोजको निर्देशन र मुख्य योजनामा हत्या गर्ने घटनाको योजनाकार सिद्धार्थनगर नगरपालिका १३ को विकास भन्ने सोम बहादुर आले, तिवारीमाथी गोली प्रहार गर्ने सुटर राजु, गढिमाई नगरपालिका १ को श्याम गुरुङ र हतियार तथा गोली दिने र राख्ने देवदह ३ सेमरानाको बाबु भन्ने तुल बहादुर सिंजाली अझै फरार रहेको र उनीहरुलाई छिट्टै पक्राउ गरिने जानकारी दिए ।

 

पक्राउ परेकाहरुमा देवदह ६ को बसन्त बहादुर चापागाई, तिलोत्तमा १५ को बुद्धिसागर यादव, तिलोत्तमा १५ कै राजेश यादव, तिलोत्तमा ८ को प्रयास भन्ने खेमानन्द भट्टराई, देवदह ८ को सागर थापा, धकधई ८ परासीझुवाको अंगद थारु र देवदह ९ को ऋषिश्वर कुमाल रहेका छन् ।

 

पक्राउ परेकाहरुले हतियार ल्याउने, तिवारीको बारेमा सूचना दिने, हत्या गर्न मोटरसाईकलमा लैजाने र भगाउने सम्मको काममा संलग्नता रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चापागाईले मनोज पुन भन्ने मनोज बुढा मगरको निर्देशन बमोजिम घटनाको दिन दिनभरी दुर्गा प्रसाद तिवारीको गतिबिधिको निगरानी गरी जानकारी गराएका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);