नक्कली प्रहरी बनी लुटपाट गर्ने गिरोह पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नक्कली प्रहरी बनी लुटपाट गर्ने गिरोह पक्राउ

१२ फाल्गुन, काठमाडौं । नक्कली प्रहरी टोली बनी लुटपाटमा संलग्न भएको आरोपमा महानगरीय अपराध महाशाखाले ६ जनालाई पक्राउ गरी सार्वजनीक गरेको छ ।

नक्कली प्रहरी बनी लुटपाट गर्ने गिरोह पक्राउ

१२ फाल्गुन, काठमाडौं । नक्कली प्रहरी टोली बनी लुटपाटमा संलग्न भएको आरोपमा महानगरीय अपराध महाशाखाले ६ जनालाई पक्राउ गरी सार्वजनीक गरेको छ ।

आफू अख्तियारबाट आएको प्रहरी टोली भएको बताउँदै लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई महाशाखाले विहिबार पत्रकार सम्मेलन गरी सार्वजनीक गरेको हो ।

उनीहरुले नारायण खराल र विधान खरालको साथबाट चार लाख सत्ताईस हजार नगद सहित अन्य सामान लुटेर छाडिदिएको पिडित विधान खरालले जानकारी दिनुभयो ।  प्रहरीले उनीहरुको साथबाट चार लाख सत्ताईस हजार नगद, तिन थान चेक, तीन थान मोवाइल र एक थान पर्स बरामत भएको जनाएको छ ।

पक्राउ पर्नेमा दूई जना सेनाका पूर्व जवान सहित ६ जना रहेको र उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरु अन्य अराधिक गतिविधिमा समेत संलग्न भएको प्रहरीको आशंका छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);