सवारी दुर्घटनामा एकको मृत्यू , एक गम्भीर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सवारी दुर्घटनामा एकको मृत्यू , एक गम्भीर

श्याम गुप्ता
११ फागुन,बारा ।
बाराको दुई छुट्टा–छुट्टै स्थानमा बुधवार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यू भएको छ । अर्का एक जनाको भने अवस्था चिन्ता जनक रहेको छ ।बिरगंज पथलैया सड्क खण्ड अन्तरर्गत बाराको गढीमाई नगरपालिका वडा नं.७ र सोहि नगरपालिकाको वडा नं.९ स्थित मुख्य सड्क खण्डमा बिहान सो दुर्घटना भएको हो ।

सवारी दुर्घटनामा एकको मृत्यू

श्याम गुप्ता
बारा , ११ फागुन
बाराको दुई छुट्टा–छुट्टै स्थानमा बुधवार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यू भएको छ । अर्का एक जनाको भने अवस्था चिन्ता जनक रहेको छ । बिरगंज पथलैया सड्क खण्ड अन्तरर्गत बाराको गढीमाई नगरपालिका वडा नं.७ र सोहि नगरपालिकाको वडा नं.९ स्थित मुख्य सड्क खण्डमा बिहान सो दुर्घटना भएको हो ।

सड्क खण्ड अन्तरर्गत बिरगंजबाट तिब्र गतीमा हेटौंडा तर्फ जाँदै गरेको ना.५.ख.६५६९ नंम्बरको यात्रु बाहक बसले सोहि दिशा तर्फ हिँड्दै गरेका पैदल यात्रीलाई बिहान करिब पाँच बजेर ५० मिनेंटको समयमा ठक्कर दिएको थियो । मर्निङ्ग वाकका लागि हिँडिरहेका गढीमाई नगरपालिका वडा नं.९ स्थित छातापिपराका ६५ बर्षिय लखनलाल चौधरीलाई बिरगंजबाट आएको बसले ठक्कर दिँदा उनको घटना स्थल मैं मृत्यू भएको ईलाका प्रहरी कार्यालय जीतपुरले जानकारी दिएको छ ।

मृतक चौधरीको शवलाई पोष्टमार्टमका हाल बिरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाईएको छ । भने दुर्घटनामा संलग्न बस तथा चालकलाई प्रहरीको हिरासतमा राखेको बारा प्रहरी बताएको छ । त्यस्तै काठमाण्डौंबाट बिरगंज तर्फ जाँदै गरेको ना.६.ख.६१९३ नंम्बरको यात्रु बाहक बसले गढीमाई नगरपालिका वडा नं.७ जीतपुर स्थित सड्क छेउमा रोकिरहेको तीन वटा गाडीहरुमा ठक्कर दिएको छ ।

बुधवार बिहान करिब चार बजेको समयमा जन्तीबाट फर्केर जीतपुर स्थित सड्कमा रोकिएको अवस्थामा रहेको बि.आर.०५.पी.ए.२६२३ भारतीय नंम्बरको स्कर्पियो गाडीलाई बसले पछाडीबाट ठक्कर दिँदा सो गाडीका चालक भारतको बिहार स्थित मैनाटार बस्ने बर्ष २५ का सोनु कुमारको अवस्था चिन्तजनक रहेको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका सोनुको बिरगंजको गण्डक हस्पिटलबाट उपचार गरी थप औषधी उपचारका लागि नेशनल मेडिकल कलैज बिरगंजमा रेफर गरिएको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायाव निरिक्षक जयकृष्ण कुमार कुर्मीले बताए । सोहि बसले जीतपुर स्थित सड्क छेउमा पार्किङ्ग गरेर राखिएको ना.२.च.९२६६ र ना.१.ज.४२४६ नंम्बरको टाटा सुमोलाई ठक्कर दिँदा स्कर्पियो गाडी सहिँत दुई वटा टाटा सुमो गाडीहरु पनि क्षेतीग्रस्त भएको र दुर्घटनामा संलग्न बसका चालक अहिले सम्म फरार रहेको प्रहरी नायाव निरिक्षक कुर्मीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);