मोरङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मोरङमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

accident

मोरङ, ९ चैत । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको ना ३ ख ६९१८ नं को कन्टेनरलाई सोही दिशातर्फ आउँदै गरेको बा ११ च ७९४८ नं को टाटा सुमो गाडीले पछाडिबाट ठक्कर दिदा अन्य ८ जना घाइते भएका छन् ।

दुर्घटनामा सुमोमा सवार झापा अर्जुनधारा नगरपालिका–४ बस्ने ४७ वर्षीय रामकुमार आछामी र गौरादह नगरपालिकाका ३५ वर्षीय प्रकाश मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

सुमोमा सवार गौरादह बस्ने योगेश न्यौपाने, बबिता मगर, प्रविका मगर, दुर्गा मगर, काभ्रे बस्ने रमेश तामाङ, पाँचथर मिक्लाजुङ गाउँपालिकाका हरिप्रसाद नेम्वाङ, सुमो चालक दमक नगरपालिका–२ बस्ने कुलबहादुर रेग्मी र कन्टेनर चालक चितवन राप्ती नगरपालिका–२ बस्ने लक्ष्मण अधिकारी घाइते भएका हुन् । घाइते सबैको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै तनहुँको घाँसीकुवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घाँसी कुवामा ट्रकले ३ सवारीलाई ठक्कर दिँदा भएको दुर्घटनामा चितवनको टाँडी २५ का सन्तोष राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल तनहुँमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);