दाइजोसँगै जल्छन् महिला | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

दाइजोसँगै जल्छन् महिला

daijo pratha

काठमाडौं, ९ चैत । मुस्लिम परम्पराअनुसार नै वैवाहिक सम्बन्ध गाँसेको हो आमना खातुन र हमिद अन्सारीको जोडीले। बिहेमा चाहिने धन–सम्पत्ति र दाइजो भनेजति पुर्‍याएकै हो खातुन परिवारले। छोरीको घर बलियो होस् र परिवारले माया गरोस् भनेरै बिहेमा गर्नुपर्ने खर्चमा अलिकति पनि मन खुम्चाएन। बीरगन्जको मुख्य चोकमा रहेको नम्बरी जग्गा सस्तै मूल्यमा बेचेरै भए पनि बिहेको रीत चलायो। जसोतसो परम्परा धानेको थियो।

यसैगरी खातुन परिवारले ज्वाइँलाई मोटरसाइकल, प्रशस्तै रकम, मागेजति सुनका गहना सबै बुझाएकै थियो। आफ्नै परिवारजस्तै माया र सम्मान दिइएको थियो अन्सारी परिवारका हर सदस्यलाई। तर परिवारको आशाजस्तै बन्न सकेन छोरीको नयाँ घर र हमिदको माया पाउन सकिनन् आमनाले।

आमनालाई मान्छे नै गनेन हमिदको परिवारले। कहिले ढोका थुनेर मरणासन्न हुने गरि पिट्यो त कहिले महिनौं दिनसम्म बन्द कोठामा बन्दी बनायो। पिट्दापिट्दा थिलथिलो बनायो आमनाको शरीर। कारण थियो– आमनाको कोखबाट दुई छोरीको जन्म हुनु र प्रत्येकपटक सासूको मागअनुसार थप सम्पत्ति ल्याउन नसक्नु।

पहिलो सन्तान छोरी जन्मिँदासम्म उनीहरूको सम्बन्ध ठीकठाक नै चलेको थियो। जब दोस्रो सन्तान पनि छोरी नै जन्मिन् त्यसपछि सुरु भो आमनामाथि शारीरिक र मानसिक यातना दिने क्रम। कहिले सुन नपुगेको बहाना त कहिले दाइजोमा ल्याएको सोफा गतिलो नपरेको बहाना। उनी निरन्तर कुटिइन्। आमनालाई कुट्न कुनै बहाना चाहिँदैनथ्यो हमिदलाई। मात्रै उसको आमाले कुरा लगाइदिए पुग्थ्यो।

कहिले छोरीले दाल पोखाएको बहाना त कहिले तरकारी ढिलो पकाएको बहाना। कुटेर घरभित्रै थुनिन्थ्यो आमनालाई। कतिसम्म भने सानी छोरीलाई दूधसमेत चुसाउन दिएन हमिद परिवारले। कुट्दाकुट्दा बेहोस बनाएर कोठामा बन्द गरिदिन्थ्यो।

मुस्लिम समुदायमा छोरीबुहारीलाई घरबाहिर जाने अनुमति छैन। जानै परे मुख छोपेर या बुर्का पहिरिएर दाजुभाइसँग हिँड्नुपर्ने परम्परा छ। बाहिरी मान्छेसँग घरका छोरीबुहारी बोल्नै हुँदैन। कसैले उनीहरूको खोजखबर गर्नु हुँदैन। यसैले पनि घरभित्र यातना पाएकी आमनाबारे समाज पनि बेखबर थियो। पञ्च भलादमीसँग निकै मीठा कुरा लगाउँथिन् आमनाकी सासू।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);