त्रिभुवन विमानस्थलमा सुरक्षा जाँच कडाई | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

त्रिभुवन विमानस्थलमा सुरक्षा जाँच कडाई

tribhuban internation airport

काठमाडौं, ९ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट नेपाल फर्किनेमाथि सुरक्षाजाँच ‘कडा’ गरिएको छ । सुनतस्करीमा संलग्न गिरोहको ‘सेटिङ’ मा अबैध सुन लुकाइछिपाइ ल्याउने गरेकाले खाडीबाट फर्किनेमाथि सुरक्षा जाँच कडा पारिएको प्रहरीले जनाएको छ ।

विमानस्थलको भन्सार सुरक्षा जाँच कक्षमा ‘सेटिङ’ मिलाई अबैध सुन बोकेर ट्याक्सी पार्किङ क्षेत्रमा पुगेका चारजना गत सोमवार राति पक्राउ परेका थिए । ती अभियुक्तको साथबाट जनही एक–एकसय ग्रामको चार थान बाला बरामद गरिएको थियो ।

उनीहरू पक्राउ परेसँगै थप रहस्य खुलेपछि महानगरीय प्रहरी विमानस्थल कार्यालयले खाडी मुलुकबाट फर्किने माथि कडाई गरेको हो । सुन तस्करीमा संलग्न गिरोहले स–सानो परिमाणको सुन लुकाइ छिपाई नेपाल पु¥याइ दिएवापत बाटोखर्च दिने गरेको पाइएको छ ।

सरकारले अधिकतम् १० ग्राम सुनको गरगहना ल्याउनलाई भन्सार छुट दिएको छ । तर, बैदेशिक रोजगारीबाट फर्किएकाले बाला, औंठी तथा सिक्री बनाएर १० ग्रामसम्म देखिने गरी ल्याउने बाँकी लुकाएर ल्याउने गरेको पाइएको छ ।

विमानस्थल प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले खाडी मुलुकबाट फर्किने कतिपय ब्यक्तिको गतिविधि शंस्कापद देखिन थालेपछि सुरक्षा जाँचमा कडाइ गरिएको बताए ।

सरकारले तोकेको मापदण्डभन्दा बढी सामान ल्याउने र भन्सार शुल्क नतिर्नेको सामान जफत गर्ने गरेको छ । विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ पर्ने अधिकांशले भन्सार कार्यालयका कर्मचारीलाई झुक्याएर तस्करी गर्नेगरेको भनाई प्रहरीको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);