धनुषामा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

धनुषामा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

धनुषा, १३ माघ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ स्थित पोर्ताहामा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट झापा गइरहेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो आज विहान धनुषा र सिरहाको सिमानामा पर्ने कमला पुल नजिक दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । पाँचथरकी प्रनिता राई, विराटनगर –४ की शारदा रेग्मी दाहाल, संखुवासभाका नवराज गिरी, मोरङको लेटाङका खेम रानामगर र प्रल्हाद न्यौपाने तथा खोटाङका ज्ञानबहादुर चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाटा सुमोमा ११ जना सवार रहेकामा ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, पाँचथरको याङ्वरक गाउँपालिका–३ मा गएराति भएको जीप दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको छ । पाँचथरकै बारिबुङ्गबाट यात्रु लिएर योयाङ्ग बजारतर्फ जाँदै गरेको ग १ ज ६०८५ नम्बरको जीप सडकबाट ३ सय मिटर तल खस्दा ६ जना यात्रु घाइते भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);