डोटीमा जीप दुर्घटना, चारको मृत्यु, ११ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डोटीमा जीप दुर्घटना, चारको मृत्यु, ११ जना घाइते

डोटी, १४ जेठ । डोटीको बोगटान गाउँपालिका ६ गगुडा पलाडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दिपायलबाट बोगटान गईरहेको शैलेश्वरी यातायातको से १ ज ८७७ नम्बरको जीप पलाडीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्य भएको हो ।

मृत्यु हुनेमा २ पुरुष र २ महिला रहेको छन् । मृत्यु भएका मध्ये चालक रामबहादुर विश्वकर्मा, भगत द्वारिया, र इन्नरी रावतको सनाखत भएको छ । एक जनाको सनाखत हुँन बाँकी छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);