डडेल्धुराको गजरौलामा जीप दुर्घटना हुँदा ४ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

डडेल्धुराको गजरौलामा जीप दुर्घटना हुँदा ४ को मृत्यु

jeep accident

डडेल्धुरा, १५ जेठ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ गजरौलामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शैलेश्वरी यातायातको से १ ज ३३० नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जीप धनी अछामका विनोद रावल, डोटी आर्दश गाउँपालिकाका प्रेमबहादुर वोहरा, लालबहादुर वोहरा र जानकी वोहरा रहेका छन् । ३ जनाको घटनास्थलमै र १ जनाको उपचारको लागि उपक्षेत्रिय अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । जीप सडकबाट २ सय ५० फिट तल खोलामा खसेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);