बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ जना घाइते

bajura-accident

बाजुरा, ३ साउन । बाजुरामा कर्णाली करिडोर सडकमा शुक्रबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

बाजुराको जगन्नाथ गाउँपालिकाको करिडोर सडकमा पिलुचौरबाट कालीकोटतर्फ जाँदै गरेको क १ ज २१ नम्बरको जीप सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ११ जना मध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जीप दुर्घटनामा परी मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका ६ का २५ वर्षका रामबहादुर शाही र कैलाली टिकापुर घर भएका २७ बर्षीय जीप चालक रमेश बोगटी रहेका छन् । जीप उकालोमा चढ्न नसकेर दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनाका घाइतेहरुलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ भने चार जना गम्भीर घाइतेहरुलाई हेलिकप्टर मार्फत उद्धार गरिने भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);