अतिक्रमित वनलाई पुनः वन क्षेत्र कायम गर्न सफल | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

अतिक्रमित वनलाई पुनः वन क्षेत्र कायम गर्न सफल

BAN DIVISION KARYALAY

श्याम गुप्ता

बारा, ३ साउन ।  डिभिजन वन कार्यालय बारा, सिमरा ४० हेक्टर अतिक्रमित वनलाई पुनः वन क्षेत्र मैं कायम गर्न सफल भएको छ । मुलुकमा राजनैतिक अस्थितरता भएको बेलामा भएका अतिक्रमित वन क्षेत्रको अध्ययन अवलोकन गरी सरकारको नीति अनुरुप अभियान अगाडी बढाएपछि यो सफलता मिलेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा जिल्लाका विभिन्न स्थानमा करिव ४० हेक्टर वनको अतिक्रमण हटाई वन क्षेत्र कायम गर्न डिभिजन वन कार्यालय बारा, सिमरा सफल भएकोे छ । जीतपुरसिमरा उपमहानगरपालिका २२ चकरीमा ७.५ कोल्हवी नगरपालिकाको मधुवनमा पाँच र बोधवनमा २७ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाई कार्यालयले कतिपय स्थानमा बृक्षरोपण समेत गरिसकेको छ ।

अतिक्रमणकारीहरुलाई हटाउन डिभिजन कार्यालय सिमराले नयाँ रणनितिका साथ अगाडी बढेको छ । पहिला जस्तो प्रहरी प्रशासनको बल प्रयोग नगरी समुदायका अगुवा, स्थानीय तहका निर्वाचित पदाधिकारी र विभिन्न सरोकारवालाको समुहसँग अन्तरक्रिया गर्दै वन , डिभिजन वन कार्यालयको मात्र नभै हामी र हाम्रो समुदायको लागि हो , भन्ने बुझाउँदै अतिक्रमण फिर्ता गराईएको हो । वन अतिक्रमण हटाउन सिंङ्गो डिभिजन वन कार्यालय मात्र नभई सबै जनाको साथ र सहयोगले सम्भव भएको डिभिजन वन कार्यालय बारा सिमराका प्रमुख मन्जुर अहमतले बताउनु भयो ।

अतिक्रमित जमिनमा बृक्षरोपण गर्नदेखि विरुवाको रेखदेख र संरक्षण गर्न स्थानीय समुदायलाई जिम्मा लगाईएको छ । अतिक्रमित बनलाई पुनः वन क्षेत्रमा कायमगरी बिधी र प्रक्रिया मिलाएर समुदायलाई नै हस्तारण भएकोमा स्थानीयले खुसी व्यक्त गरेका छन् ।

कुल ४५ हजार हेक्टर भू–भाग ओगटेको बाराको जंगल अहिले खुम्चिएर ३१ हजार हेक्टरमा सिमित भएको कार्यालयको तथ्यांकले देखाउँछ । कतिपय बाराको जंगल राष्ट्रिय गौरवका आयोजना फास्ट ट्रयाक, दोश्रो अन्तराष्ट्रिय विमानस्थलले समेत ओगटेको छ । पछिल्लो पाँच वर्ष यता बारामा संस्थागत र अन्य गरी ११.६४ हेक्टर जंगल अतिक्रमणको चपेटामा परेको तथ्यांकले देखाउँछ । यति हुँदा हुँदै पनि समग्र मुलुकको जंगलको अवस्था भने ३९.७ प्रतिशतबाट बढेर ४४.६ प्रतिशत भएको तथ्यांकमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);