दाङमा करिब १९ किलोमिटर क्षेत्रमा बाँस रोपियो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दाङमा करिब १९ किलोमिटर क्षेत्रमा बाँस रोपियो

दाङ ।  दाङका विभिन्न ठाउँमा बढ्दो वन क्षेत्र अतिक्रमण नियन्त्रण गर्दै वन क्षेत्रको नजिकमा हुने मानव वन्यजन्तु द्धन्द्ध कम गर्न करिव १९ किलोमिटर क्षेत्रमा बाँस रोपिएको छ ।

बस्ती नजिकको वन क्षेत्र बर्सेनी अतिक्रमण हुने, बन्यजन्तु मानव बस्तीमा आएर मानवीय र धनजनको क्षति पु-याउने र बस्तीमा स्थानीयले पालेका पशु चौपाया वन क्षेत्रमा गएर वन पैदावारको क्षति गर्न लागेपछि त्यसको न्यूनिकरणका लागि जिल्लाका १२ वटा सामुदायिक वन क्षेत्रको करिव १९ किलोमिटर क्षेत्रमा बाँस रोपन गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

जिल्लाको उच्च जोखिम क्षेत्रमा पर्ने घोराही उपमहानगरपालिकाका ६ वटा, बबई गाउँपालिका ३  वटा, तुलसीपुर उपमहानगरपालिकाका २ र दंगीशरणका गाउँपालिकाका १ सामुदायिक वन क्षेत्रमा बास रोपन गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

बास चाँडै हुर्कने हुँदा वन र बस्तीबीचको स्थायी सीमाको काम गर्ने, बास बहुउपयोगी भएकाले किसानहरूले त्यस मार्फत आय आर्जन गर्न सक्ने, वन क्षेत्रको वरिपरिका बस्तीले बर्सेनी आफ्नो सीमा बढाउदै वन क्षेत्र अतिक्रमण गर्ने कार्य कम पनि कम गर्ने हुँदा बास रोपन कार्यलाई प्रभावकारी रुपमा अघि बढाइएको उनको  भनाइ छ ।

प्रति दुई मिटरको दूरीमा बाँस रोपन गर्दा १ किलोमिटरमा करिव ५ सय बास रोपिएको छ । तारबार सहित यो वर्ष ९ हजार बास रोपिएको छ । बास रोप्नका लागि खरिद, संकलन र ढुवानी खर्च वापत प्रति राइजोम (बासको गाना)  वापत २ सय रुपैयाँ कार्यालयले बास रोप्ने सामुदायिक वन समूहलाई प्रदान गरेको कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);