जैविकमार्ग मासिएपछि बस्तीमा हात्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जैविकमार्ग मासिएपछि बस्तीमा हात्ती

basti

कञ्चनपुर, १९ असोज । दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा बर्सेनि हात्तीले आतंक मच्चाउँछ । हात्तीको झुन्ड बस्तीमा पसेर धान र गहुँबाली नष्ट गर्छ । हात्ती आक्रमणबाट पछिल्ला तीन वर्षमा ३ जनाको मृत्यु भइसकेको छ ।

ब्रह्मदेव करिडोरअन्तर्गत पर्ने भीमदत्त नगरपालिका–९, खल्लामा वन अतिक्रमण गरेर बसेको बस्ती । एक महिनाअघि पुनर्वासका परासन र लालझाडी गाउँपालिकामा हात्ती पस्यो । विद्युतीय तारबार लगाएका कारण यसपालि विगतको जस्तो क्षति नभएको स्थानीय बताउँछन् । असोज पहिलो साता वेदकोट नगरपालिकाको हात्तीथलामा हात्तीको बथान पसेर धानबाली नोक्सान गर्‍यो । कति नोक्सान भयो भन्ने अझै यकिन हुन सकेको छैन । उनका अनुसार यस वर्ष दुधुवा नेसनल पार्कबाट १०र१२ वटा हात्ती आएका छन् । अघिल्ला वर्ष ५०र६० को संख्यामा आउँदा ठूलो नोक्सानी हुने गरेको थियो ।

जैविक मार्ग मासिएका कारण हात्तीले बस्तीमा क्षति पुर्‍याएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए । ‘दुधुवा नेसनल पार्कबाट हात्तीको झुन्ड लालझाडी हुँदै शुक्लाफाँटा पस्ने र शुक्लाफाँटा, ब्रह्मदेव हुँदै फर्कने परम्परागत मार्ग हो,’ उनले भने, ‘लालझाडी करिडोरको दुधुवा र लाझझाडीबीचमा घना बस्ती विस्तार भइसकेको छ । लालझाडी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबीच पनि एक किलोमिटर दूरीमा बाक्लै अतिक्रमण भएको छ ।’ हात्ती आतंक पनि यही बीचमा हुने गरेको उनले बताए ।

घिमिरेका अनुसार अतिक्रमण र विकास निर्माणका कामले लालझाडी र ब्रह्मदेव करिडोर मासिएपछि वन्यजन्तु बस्तीतिर पस्न थालेका हुन् । विकास निर्माणका काम वन्यजन्तुमैत्री नहुँदा पनि करिडोरमा असर परिरहेको विज्ञ बताउँछन् । ब्रह्मदेव करिडोरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको नहरमा निकुञ्जले नै वन्यजन्तुमैत्री मार्ग निर्माणको तयारी गरिरहेको घिमिरेले बताए ।

ब्रह्मदेवको खल्ला मसेट्टीमा वन अतिक्रमण गरेर ठूलै बस्ती बसेको छ । जिल्ला वन कार्यालयले यो बस्ती हटाउन धेरै प्रयास गर्‍यो तर सकेन । चुरे फेदीमै वेदकोट नगरपालिकाको छेलामा प्रस्तावित औद्योगिक क्षेत्रको काम अघि बढिरहेको छ । ‘ब्रह्मदेव करिडोर मुख्यतया शुक्लाफाँटादेखि ब्रह्मदेवसम्म पुग्ने मार्ग हो,’ ब्रह्मदेव सबडिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत जीवछ यादवले भने, ‘खल्लाको बस्तीसँगै प्रस्तावित औद्योगिक क्षेत्र पनि यही करिडोरमा पर्छ ।’ उनले औद्योगिक क्षेत्र विस्तारपछि यसले कति असर पार्छ भन्ने विषय एकिन गर्न सकिने बताए । भीमदत्त नगरपालिका ९ खल्ला, मसेट्टी र टुँडिखेलको बस्तीले ब्रह्मदेव करिडोरलाई ठूलो असर पारेको उनले बताए । सशस्त्र द्वन्द्वका बेला यहाँ धमाधम वन अतिक्रमण गरी बाक्लो बस्ती बसेको हो ।

विज्ञहरूका अनुसार ब्रह्मदेव करिडोर शुक्लाफाँटा र दुधुवा राष्ट्रिय निकुञ्जका वन्यजन्तु मात्रै नभई पूर्व–पश्चिम चुरे फेदी भएर वन्यजन्तु ओहोर–दोहोर गर्ने प्रमुख मार्ग हो । ‘दुधुवा र शुक्लाबाट गएको हात्ती ब्रह्मदवेबाट फर्किन पनि सक्छ र महाकाली तरेर चुरे फेदी हुँदै भारतको कन्दुर र जिम कार्बेट नेसनल पार्कसम्म पुग्न सक्छ ।’ यो परम्परागत मार्गमा विभिन्न खालका अवरोध आएपछि मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको उनले बताए ।

‘वन क्षेत्र मासिँदै गएपछि करिडोर आवश्यक भएको हो,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यक्रमका प्रमुख सुदीपराज निरौलाले भने, ‘एक ठाउँको वनमा भएका वन्यजन्तुलाई अर्को ठाउँका वनसँग जोड्ने बीचको वनलाई करिडोर भनिन्छ ।’ वन माँसिँदै गएपछि करिडोरको महत्त्व अझ बढी हुँदै गएको उनले बताए । आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);