हात्ती आक्रमणमा २ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हात्ती आक्रमणमा २ को मृत्यु

elephant

दमक,१३ फागुन । जंगली हात्तीको झुन्डले आक्रमण गर्दा शनिबार दुईजना वृद्धको मृत्यु भएको छ । बिर्तामोड ३ बिर्ताबजारका ६५ वर्षीय च्याङ्ग्रा राजवंशी र वडा ७ मियाँबारीका ७० वर्षीय लसुने मियाँको मृत्यु भएको हो ।

उनीहरू दुवैजनालाई दिउँसो साढे १२ बजेतिर बिर्तामोड ७ को सुन्दर निचाझोडा सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो । दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला वन कार्यालयका प्रमुख बोधराज सुवेदीले बताए । उनका अनुसार हात्तीले मियाँलाई लछारपछार र राजवंशीलाई छातीमा कुल्चिेर मारेको थियो । वनमा घाँस, दाउरा गर्न गएको समयमा उनीहरूलाई हात्तीले आक्रमण गरेको हो । चालु आर्थिक वर्षमा जंगली हात्तीको आक्रमणबाट जिल्लामा ६ जनाको मृत्यु भइसकेको छ ।

यसअघि भद्रपुर नगरपालिका र हल्दीबारी गाउँपालिकामा चारजनाको मृत्यु भएको थियो । जिल्ला वनको अनुमानमा यहाँ ११ वटा हात्ती ओहोरदोहोर गरिरहन्छन् । चारकोसे झाडीको अन्तिम जंगलका रूपमा रहेको जलथलसहित जिल्लाका विभिन्न सामुदायिक वन हात्तीको प्रमुख बासस्थान हो । जिल्ला वनका अनुसार ०६८ देखि हालसम्म जंगली हात्तीको आक्रमणबाट जिल्लामा ३५ जनाको मृत्यु भएको छ । ३२ जना सख्त घाइते तथा १० जना सामान्य घाइते भएका छन् । हात्तीले ७१ परिवारको घरगोठमा क्षति पुर्‍याएको छ । एक हजार ८८ परिवारको अन्नबालीमा क्षति पुर्‍याएको छ ।

जंगली हात्तीले पछिल्लो पाँच वर्षमा मानवीय तथा भौतिक क्षति पुर्‍याएकाका परिवारलाई दुई करोड ७२ लाख ३९ हजार १ सय ७४ रुपैयाँ राहत वितरण गरिसकेको वन कार्यालयले जनाएको छ । जंगली हात्तीको आतंकबाट जिल्लाका १ हजार ६ सय ४५ घरपरिवार पीडित बनेका छन् ।

सेना सवार जिपमा आक्रमण
हात्तीले सेना सवार जिपमा आक्रमण गरेको छ । बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वाराबाट गएको टोली चढेको जिपमा आक्रमण गरेको हो । आक्रमणमा कुनै मानवीय क्षति नभएको निकुञ्जका निमित्त संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित अम्रेनीमा घटना भएको हो । हात्ती धपाउन पुगेको भे१झ २३७ नम्बरको बलेरो जिपमाथि हात्तीले आक्रमण गरेको थियो ।

हात्तीले फर्किएर गाडीमा आक्रमण गरेको निकुञ्जले जनाएको छ । हात्ती धपाएर फर्कंदा जिपको स्टार्ट बन्द भएको थियो । जिपमा ३ सेना र निकुञ्जका २ कर्मचारी सवार थिए । शनिबार बिहान ४ बजे हात्ती गाउ‘मा पसेको जानकारी पाएपछि अम्रेनी पोस्टबाट सेना र निकुञ्जको संयुक्त गस्ती हात्ती धपाउन त्यसतर्फ गएको थियो । आजको कान्तिपुर दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);