इटहरी बलात्कार प्रकरण - आमाको बैंक खातामा १८ लाख ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इटहरी बलात्कार प्रकरण – आमाको बैंक खातामा १८ लाख !

rape

काठमाडौं, १३ फागुन । दुइवटा बैंक खातामा ९\९ लाख रुपैयाँ भेटिएपछि प्रहरीद्धारा खाता रोक्का बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ । दुईवटा बैंकका खातामा ९\९ लाख रुपैयाँ भेटिएको हो ।

प्रहरीले यसअघि विचौलिया नै रकम लगेर फरार भएको दावी गरे पनि पीडित बालिकाकी आमाको नामको खातामै रकम भेटिएको छ । मितेरी डेभलमपेन्ट बैंक र एनएमबी बैंकमा पुस २४ को मितिमा रकम जम्मा भएको देखिएको छ । पीडित बालिकाका नाममा इटहरी उपमहानगरपालिका १९ को बरमपुरमा ७ लाख बराबरको जमि किनेको पनि फेला परेको छ ।

पु १८ गते प्रहरी कार्यालयमै बलात्कार घटनाको मिलपत्र भए पनि लेनदेन भने बाहिर अर्कै कागज गरेर भएको स्रोतले बतायो ।, आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);