एक वर्षदेखि रोकिएको तलब खेलाडीको खातामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एक वर्षदेखि रोकिएको तलब खेलाडीको खातामा

ACC cricket

काठमाडौं, २१ भदौ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमका खेलाडीको एक बर्षदेखि रोकिएको तलब पठाउन सुरु गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट रकम प्राप्त भएसँगै क्यानले एक वर्षबाट रोकिएको तलब खेलाडीको खातामा पठाउन थालेको हो ।

आइतबारबाट खेलाडीको तलब उनीहरुको खातामा जम्मा गर्न थालिएको क्यानले जनाएको छ । क्यानले खेलाडीको बैंक खातामा तलब पठाउने भन्दै खेलाडीलाई आवश्यकता अनुसार बैंकको केवाईसी फाराम भर्न समेत आग्रह गरेको छ । कुनै खाता ६ महिना भन्दा बढी नचलाएको खण्डमा केवाईसी फारम भर्नुपर्ने हुन्छ ।

सोही अनुरुप अनुरूप क्यानले कप्तान ज्ञानेन्द्र मल्ललाई सबै खेलाडीलाई केवाईसी भर्नका लागि जानकारी गराउन निर्देशन दिएको छ । नेपाली क्रिकेट खेलाडीले वर्गीकरण सम्झौता भन्दा मासिक १० हजार बढी रकम पाउने क्यानले जनाएको छ । क्यानको पहलमा खेलाडीको मासिक तलबमा १० हजार बढी पठाउन आईसीसी सहमत भएको थियो ।

राष्ट्रिय टिमका खेलाडीले तीन श्रेणी अनुसार तलब पाउने गरेका छन् ।जसमा ’ए’ श्रेणीका खेलाडीले ३५ हजार, ’बी’ श्रेणीको खेलाडीले २५ हजार र ’सी’ श्रेणीको खेलाडीले मासिक १५ हजार पाउँदै आएका थिए । अब खेलाडीले यो रकम भन्दा १० हजार बढी पाउने छन् ।

खेलाडीले अब एकमुष्ट एक वर्षको तलब पाउँदा ’ए’ श्रेणीका खेलाडीले ५ लाख ४० हजार, ’बी’ श्रेणीका खेलाडीले ४ लाख २० हजार र ’सी’ श्रेणीका खेलाडीले ३ लाख रुपैयाँ पाउनेछन् ।क्यानले २२ खेलाडी र १ टेक्निकल एनालिस्टलाई तलब दिने जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);