महिला क्रिकेट टोलीका सदस्यलाई पारिश्रमिक बापतको रकम उपलब्ध गराउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

महिला क्रिकेट टोलीका सदस्यलाई पारिश्रमिक बापतको रकम उपलब्ध गराउने

काठमाडौं, ७ चैत। नेपाल क्रिकेट संघ क्यानले महिला क्रिकेट टोलीका सदस्यलाई यसै साता पारिश्रमिक बापतको रकम उपलब्ध गराउने भएको छ । क्यानले महिला खेलाडीलाई दुई–चार दिन भित्रै खेलाडीलाई पारिश्रमिक रकम उपलब्ध गराउने तयारी रहेको जनाएको छ ।

पारिश्रमिक उपलब्ध गराउनका लागि खेलाडीको कागजात संकलन भइरहेको र आईसीसीबाट आएको रकम बाँडिने बताइएको छ । क्यानले आईसीसीबाट ६ करोड प्राप्त गर्नु पर्ने हो । तर, क्यानका पदाधिकारी कै कमजोरीमा आईसीसीले ३ करोड रुपैँया मात्र उपलब्ध गराएको छ ।

महिला खेलाडीलाई क्यानले पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्टमा राखेको थियो । गत असोजको पहिलो साता चितवनमा सबेको क्यानको बैठकले पहिलो पटक महिला खेलाडीको वर्गीकरण गरेको थियो ।

खेलाडीलाई वर्गीकरणमा राखेको करिब ६ महिनापछि महिला खेलाडीले पहिलो पटक पारिश्रमिक पाउन लागेका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);