इंग्ल्यान्डविरुद्धको पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिजमा भारतको जित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

इंग्ल्यान्डविरुद्धको पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिजमा भारतको जित

एजेन्सी, ८ चैत । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । शनिबार राति सम्पन्न अन्तिम तथा पाँचौं खेलमा इंग्ल्यान्डमाथि ३६ रनको जित निकाल्दै भारतले सिरिज ३–२ ले आफ्नो बनाएको हो ।

भारतले दिएको २ सय २५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाउन सक्यो । डेविड मालन र जोस बटलरले अर्धशतकीय इनिङ्स खेलेपनि इंग्ल्यान्डलाई जित दिलाउन भने सकेनन् ।

मालन ६८ रन जोड्दा आउट भए भने बटलर ५२ रनमा आउट भए । यस्तै जोसन रोय सुन्य रनमा आउट हुँदा जोनी बेयर्स्टोले ७ रन बनाए । बेन स्टोक्सले १४ रन जोड्दा क्रिस जोर्डन ११ रन बनाएर आउट भए । कप्तान इयान मोर्गन र जोफ्रा आर्चर १/१ रनमा आउट भए भने साम करण १४ रनमा अविजित रहे ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्न शार्दुल ठाकुरले ३ विकेट लिए । भुवनेश्वर कुमारले २ तथा हार्दिक पाण्डेय र टी नटराजनले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले अविजित रहदै ८० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । हार्दिक पाण्डेय ३९ रनमा अविजित रहदा सूर्य कुमार यादवले ३२ रन बनाए । इंग्ल्यान्डका आदील खान र बेन स्टोक्सले १/१ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);