भारत र इंग्ल्यान्ड बीचको टी–२० सिरिज २–२ को बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

भारत र इंग्ल्यान्ड बीचको टी–२० सिरिज २–२ को बराबरीमा

india vs england t20

एजेन्सी, ६ चैत । घरेलु टिम भारतले चौंथो टी–२० क्रिकेटमा इंग्ल्यान्डलाई पराजित गरेको छ । बिहीबार राति अहमदाबादमा सम्पन्न भएको खेलमा भारतले इंग्ल्यान्डमाथि ८ रनको जित निकालेको हो ।

भारतले दिएको १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो । इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए ।

यस्तै जासन रोयले ४० रन जोड्दा जोनी बेयर्स्टोले २५ रन जोडे । डाविड मालन १४ रनमा आउट हुँदा जोस बट्लरले ९ रन बनाए । जोफ्रा आर्चर १८ रनमा अविजित रहदा क्रिस जोर्डन १२ रनमा आउट भए । भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिए । यस्तै हार्दिक पाण्डेय र राहुल चहलले २-२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । भारतका लागि सुर्य कुमार यादवले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै श्रेयस एयरले ३७ रन जोड्दा ऋषव पन्तले ३० रन बनाए ।

जितसँगै ५ खेलको सिरिज २–२ को स्थितिमा पुगेको छ । अब सिरिज विजेताको निर्णय अन्तिम खेलले तय गर्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);