न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिज भारतको पोल्टामा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिज भारतको पोल्टामा

india vs nz

एजेन्सी, १५ माघ । न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी–ट्वान्टी सिरिज भारतले जितेको छ । न्युजिल्याण्डको ह्यमिल्टनमा बुधबार भएको तेस्रो टी–ट्वान्टीमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै भारतले दुई खेल अगाबै सिरिज ३–० ले जितेको हो ।

भारतले दिएको १ सय ८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा न्युजिल्याण्डले १७ रन बनाएको थियो । जवाफमा भारतले २० रन जोड्दै सिरिज कब्जा ग¥यो । सुपर ओभरअघिको खेलमा न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ९५ र मार्टिन गुप्तिलले ३१ रन बनाए ।

भारतका शार्दुल ठाकुर र मोहमद शामीले २–२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

भारतको लागि रोहित शर्माले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । २३ बलमा अर्धशतक बनाएका रोहितले ४४ बलमा ३ छक्का र ६ चौका प्रहार गरे । यस्तै कप्तान विराट कोहली ३८ रनमा आउट हुँदा लोकेश राहुलले २७ रन बनाए । भारतले पहिलो खेलमा न्युजिल्याण्डलाई ६ विकेटले र दोस्रो खेलमा ७ विकेटले हराएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);