वीरगञ्जस्थित नारायणी रंगशाला संरक्षणको पर्खाइमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

वीरगञ्जस्थित नारायणी रंगशाला संरक्षणको पर्खाइमा

पर्सा, १५ माघ । २०४२ सालमा निर्माण सम्पन्न भएर प्रयोगमा समेत आइसकेको वीरगञ्जको नारायणी रंगशाला अहिले पुर्णरुपमा जीर्ण भईसकेको छ । कुनै समय राष्ट्रिय स्तरका ठुला ठुला खेलकुद प्रतियोगिता संचालन हुने नारायणी रगंशाला अहिले संरक्षणको पर्खाइमा छ ।

काठमाडौँको दशरथ रगंशाला पछि नेपालको दोश्रो ठूलो रगंशालाका रुपमा रहेको नारायणी रगंशाला अहिले जीर्ण अवस्थामा छ । करिब १७ कठ्ठा जमिनमा फैलिएको यस रंगशालामा कुनै समयमा राष्ट्रिय स्तरका ठूल्ठूला प्रतियोगिता हुने गर्दथे ।

तर अहिले यो रगंशाला पुर्णरुपले जीर्ण भएर लगभग भाँसिने अवस्था छ । यसबाट दुर्घटनाको जोखिम समेत बढेको छ । एथ्लेटिक्सका प्रशिक्षक बिश्वेश्वर पटेल रंगशालाको अवस्था नाजुक भएकोले स–साना खेलकुद प्रतियोगिता मात्र हुने गरेको बताउनु हुन्छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल वीरगंजमा अहिले खेल अभ्यासको समेत अभाव रहेको छ ।

क्रिकेटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव संगालेका पुर्व खेलाडी मेहबुब आलमले नारायणी रंगशालाको संरक्षणका लागि सरकारको ध्यान जानु पर्ने बताउनु हुन्छ ।

७ करोड रुपैयाँ सरकारी लगानीमा नारायणी रंगशालाको केही भाग पुनः निमार्णका लागि डि.पि.आर तयार भइसकेको निर्माण कार्यमा संलग्न सरकारी प्राविधिक शिव चन्द्र प्रसाद यादवको भनाई छ ।

२०४२ सालमा निर्माण भएको नारायणी रगंशालामा विगत १५ वर्षको अन्तरालमा खासै कुनै ठुलो खेलकुद प्रतियागिताहरु हुन सकेको छैन । यति ठूलो रंगशाला जिर्ण हुँदा पनि तीनै तहका सरकारले पर्याप्त चाँसो नदेखाएकाले स्थानीय खेल प्रेमी भने निराश भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);