लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा स्पष्ट १९ अंकको अग्रता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा स्पष्ट १९ अंकको अग्रता

WEST HAM LIVERPOOL

एजेन्सी, १६ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको अग्रता कायमै, लिभरपुलसँग वेस्ट ह्याम २–० गोल अन्तरले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा वेस्ट ह्यामलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले अग्रता कायमै राखेको हो । लिभरपुलको जितमा मोहमद सलाहा र एलेक्स ओक्सलेड चेम्बरलेनले एक एक गोल गरे । खेलको ३५ औं मिनेटमा सलाहाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए भने ५२ औं मिनेटमा चेम्बरलेनले लिभरपुलको जित सुनिश्चित गरेका थिए ।

लगातार १५ खेलमा जित निकाल्दै लिभरपुल सन् १९९० पछि उपाधि होडमा लम्किएको छ । पराजित बनेको वेस्ट ह्याम रेलिगेशन जोन भन्दा मात्र एक स्थान माथि छ । वेस्ट ह्याम २३ अंक सहित तालिकाको १७ औं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);