इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलको जित

एजेन्सी ।  इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई ४–२ गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

खेलको दशौँ मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा रोबर्टो फिर्मिन्होले गोल गरेपछि लिभरपुल २–१ ले अघि रह्यो । त्यस्तै खेलको ४७ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाए भने ६८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई ३–२ को अवस्थामा ल्याए ।

खेलको ९० औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ४–२ को जित दिलाए । जितसँगै ३५ खेलमा ६० अंक जोड्दै लिभरपुल तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने पराजित युनाईटेड ३६ खेलमा ७० अंक सहित दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);