काठमाडौं रेजर्स नेपाल सुपर लिग एनएसएल फुटबलको फइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं रेजर्स नेपाल सुपर लिग एनएसएल फुटबलको फइनलमा प्रवेश

काठमाडौं । काठमाडौं रेजर्स एफसी पहिलो संकरणको नेपाल सुपर लिग एनएसएल फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो ।

काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई तथा स्टेफेन बिनोङले एक गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको खेलको १५ औं मिनेटमा मेसौकेले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए ।

त्यसपछि खेलको २२ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ६० औं मिनेटमा स्टेफेनले गोल गर्दै काठमाडौंलाई ३–० को जित दिलाए ।

उनले तेज तामाङको पासमा बल नियन्त्रण गर्दै गोलरक्षक अर्पण कार्कीसँगको वान भर्सेज वानमा उत्कृष्ट गोल गरे । अब उपाधिका लागि काठमाडौंले धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौं र धनगढीबीचको फाइनल खेल शनिबार हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);