नेपाल साफ यू–१५ च्याम्पियनसिपको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल साफ यू–१५ च्याम्पियनसिपको फाइनलमा

u-15 saff

काठमाडौं, १२ भदौ । भारतमा जारी पाँचौ संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पिएन सिपमा नेपालले भुटानलाई पराजित गरेको छ । बिहवार भारतको कल्याणी रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ५–० गोल अन्तरले पराजित गर्‍यो । यो जित संगै नेपाल फाइनलमा प्रबेश गरेको छ ।

नेपाललाई जित दिलाउन कप्तान प्रदिप लम्सालले दुई गोल गरे । यस्तै अशिम राई, क्रिस सापकोटा र निराजन खत्रीले एक गोल गरे ।खेलको ५ औं मिनेटमा प्रदिपले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ९ औं मिनेटमा निराजनले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । दोस्रो हाफमा नेपालले थप ३ गोल गर्यो । खेलको ४८ औं मिनेटमा प्रदिपले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाए ।

खेलको ७५ औं अशिमले गोल गर्दा नेपालको अग्रता ४–० को बन्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा क्रिसले गोल गर्दै नेपाललाई ५–० को जित दिलाए । नेपालले फाइनलमा भारतसंग प्रतिस्पर्धा गर्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);