उत्कृष्ट पुनरागमन गर्दै रोजर फेडेरर युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

उत्कृष्ट पुनरागमन गर्दै रोजर फेडेरर युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

Roger-Federer

एजेन्सी, १२ भदौ । रोजर फेडेरर युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । नेपाली समय अनुसार बिहीबार बिहानै भएको खेलमा फेडेररले दामिर जुमहुरलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाएका हुन् ।

पहिलो सेटमा पछि परेका फेडेररले त्यसपछिका सेटमा पुनरागमन गर्दै जित निकालेका हुन् । उनले दामिरलाई ३–६, ६–२, ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् । विश्व नम्बर दुई स्वीस खेलाडी फेडेररले पहिलो सेटमा ९९ औँ बरियताका बोस्नियन खेलाडी दामिरसँग १७ वटा गल्ती गर्दै पछि गरेका थिए । ३८ वर्षका फेडेररले तेस्रो चरणमा बेलायतका ड्यान इभान्स वा फ्रान्सका जुकास पुइलसँग प्रतिस्पर्धा गर्ने छन् । फेडेररले पाँचपटक युएस ओपनको उपाधि जितेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);