सेरेना विलियम्स युएस ओपन टेनिसको चौथो चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

सेरेना विलियम्स युएस ओपन टेनिसको चौथो चरणमा

serena williams-us open

एजेन्सी, १४ भदौ । अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेकी छन् । ६ पटककी विजेता सेरेना सहज जित निकाल्दै चौथो चरणमा पुग्न सफल भएकी हुन् ।

तेस्रो चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा सेरेनाले चेक गणतन्त्रकी कारोलिना मुखोवालाई ६–३ र ६–२ को सेटमा पराजित गरेकी हुन् । दोस्रो बरियताकी एशली बार्टी पनि चौथो चरणमा पुगेकी छन् ।

३० औँ बरिताकी ग्रिक खेलाडी मारिया साकारीलाई ७–५ र ६–३ को सेटमा पराजित गरेर उनले अघिल्लो चरणमा स्थान बनाएकी हुन् । यस्तै तेस्रो बरियताकी कारोलिना प्लिस्कोवाले ट्युनिसियाकी ओन्स जाबेउरलाई ६–१, ४–६ र ६–४ को सेटमा पराजित गरेर चौथो चरणमा स्थान बनाएकी छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);