सेरेना विलियम्स फ्रेन्च ओपनको चौंथो चरणबाट बाहिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सेरेना विलियम्स फ्रेन्च ओपनको चौंथो चरणबाट बाहिर

एजेन्सी । सेरेना विलियम्स फ्रेन्च ओपनबाट बाहिरिएकी छिन् । आइतबार भएको खेलमा सेरेनालाई २१ वर्षीया एलेना रायबाकिनाले चौथो चरणमा ६–३ र ७–५ ले पराजित गरेकी हुन् ।

यससँगै २३ पल्टका ग्रान्ड स्लाम विजेता खेलाडीको चुनौती समाप्त भएको छ र मार्गरेट कोर्टको २४ ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा फेरि धक्का पुगेको छ ।

अनास्टिसा पाभचेन्कोभा भने एक दशकयता पहिलो पल्ट क्वाटरफाइनल पुगेकी छन् । यसका लागि उनले १५ औं वरीयताका भिक्टोरिया अजरेन्कालाई ५–७, ६–३ र ६–२ ले पराजित गरेकी छन् ।

पुरुषतर्फ एलेक्जान्डर जाभरेभले केयी निकशिकोरीलाई सोझो सेटमा ६–४, ६–१ र ६–१ ले हराएर क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);