कोन्काकाफ नेशन्स लिग फुटबलको उपाधि अमेरिकालाई | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कोन्काकाफ नेशन्स लिग फुटबलको उपाधि अमेरिकालाई

एजेन्सी । अमेरिकाले कोन्काकाफ नेसन्स लिग फुटबलको उपाधि जितेको छ । क्रिस्टियन पुलिसिकले अतिरिक्त समयमा निर्णायक गोल गरेपछि अमेरिकाले मेक्सिकोलाई ३–२ गोलले पराजित गर्दै कोन्काकाफ नेसन्स लिग फुटबलको उपाधि जितेको हो । अमेरिकाले दुईपटक पछि परेको स्थिति उल्टाउँदै खेल आफ्नो पक्षमा पारेको हो ।

कोलोराडोमा सोमबार भएको फाइनलमा निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि इन्जुरी समयमा अमेरिकाले जित हात पारेको हो । जहाँ पुलिसिकले ११४औं मिनेटमा विजयी गोल गरेका हुन् । त्यसअघि मेक्सिकोले दुई पटकसम्म अग्रता बनाए पनि अमेरिकाले पुनरागमन गरेको थियो ।

निर्धारित समयको खेल २–२ को बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समयमा थप गरिएको थियो । ६ मिनेट बाँकी छँदा पुलिसिकले गोल गरेपछि अमेरिकाले खेल ३–२ ले जित्यो । अमेरिकाले पहिलो संस्करणमै यो उपाधि जितेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);