लिभरपुल हराउँदै आर्सनललाई कम्युनिटी सिल्डको उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लिभरपुल हराउँदै आर्सनललाई कम्युनिटी सिल्डको उपाधि

एजेन्सी, १४ भदौ । इंग्ल्याण्डको आर्सनलले कम्युनिटी सिल्ड फुटबलको उपाधि जितेको छ । शनिबार राति वेम्बली स्टेडियममा भएको फाइनल खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो । पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए भने लिभरपुलकालागि मोहमद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरे ।

पेनाल्टी अघि सुरुवाती अग्रता आर्सनलले बनाएको थियो । खेलको १२ औं मिनेटमा आबुमियाङको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ७३ औं मिनेटमामिनामिनोले गोल गर्दै खेल १–१ को बराबरीमा फर्काएका थिए । यो जितसँगै आर्सनलले १६ औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी सिल्डको फाइनलमा खेल्ने गर्छन् । लिभरपुल प्रिमियर लिग विजेता हो जसले ३० वर्षपछि लिगको उपाधि जितेको थियो । यता आर्सनलले एफए कप जितेको थियो । आर्सनलले कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);