च्याम्पियन्स लिग फुटवलको उपाधि लिभरपुलले जित्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

च्याम्पियन्स लिग फुटवलको उपाधि लिभरपुलले जित्यो

liverpool

काठमाडौं, १९ जेठ । च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ ।

शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरेका थिए । सलाहले खेलको दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मौसा सिसोकोले हृयान्ड गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । खेलको सुरुवाती समयमै अग्रता लिएको लिभरपुलले निकै राम्रो प्रदर्शन गरेको थियो ।

सलाहकै गोलबाट लिभरपुलले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । ८७ औं मिनेटमा लिभरपुलले दोस्रो गोल गर्न सफल भयो । लिभरपुलका लागि ओरिगीले गोल गर्दै २–० को अग्रता दिलाए । दुई गोलको अग्रता बनाएपनि लिभरपुल टोटनहृयामविरुद्ध दबाबमा खेलेको थियो । खेलअवधिभर बल आफ्नो पकडमा राखेपनि टोटनहृयामले गोल गर्न भने सकेन । निर्धारित समयसम्म टोटनहृयामले गोल गर्न नसकेपछि लिभरपुलले खेल २–० गोलअन्तरले पराजित गर्दै छैटौ पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);