लिभरपुलको अपराजित यात्रा कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लिभरपुलको अपराजित यात्रा कायमै

liverpool vs westham

एजेन्सी, १३ फागुन । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रा कायम राखेको छ । सोमबार राति एन्फिल्डमा भएको खेलमा लिभरपुलले रेलिगेसन जोनको वेस्टह्याम युनाइटेडलाई ३–२ गोल अन्तरले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो ।

खेलको ६० मिनेटसम्म २–१ ले पछि परेको लिभरपुललाई मोहमद सलाह र साडियो मानेले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको नवौं मिनेटमा विनाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । तर त्यसको तीन मिनेटपछि नै इश्शा डिओपले हेडर गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

दोस्रो हाफाको ९ मिनेटमा पाब्लो फोर्नल्सले गोल गरेपछि लिभरपुलको २६ खेलको अपराजित यात्रामा पूर्णविराम लाग्ने संकेत देखिएको थियो । तर, ६८औं मिनेटमा मोहमद सलाह गोल गर्न सफल भएपछि खेल २–२ गोलको बराबरीमा पुग्यो । अन्तिममा साडियो मानेले गोल गर्दै लिभरपुललाई जित दिलाए ।

जितसँगै लिभरपुलले प्रिमियर लिगमा ७९ अंक बनाएको छ । दोस्रो स्थानको म्यान्चेष्टर सिटीको ६७ अंक रहेको छ । लिग जित्नका लागि लिभरपुललाई अब चार जित पर्याप्त हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);