सुदूरपश्चिम-११ खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सुदूरपश्चिम-११ खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा

khaptad goldcup

कैलाली, १३ फागुन । आयोजक सुदूरपश्चिम–११ चौंथोे सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । कैलालीको हसनपुरस्थित धनगढी रंगशालामा मंगलबार भएको क्वाटरफाइनलमा भारतको कंचनजंघा एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम–११ अन्तिम चारमा पुगेको हो ।

सुदूरपश्चिमको जितमा बिक्रम सिंह ठकुरीले दुई तथा फिलिप तामाङ र दिपेश श्रेष्ठले एक एक गोल गरे । कंचनजंघाका अभिषेक दर्जी र छिरिङ तामाङले एक एक गोल गरे ।

अब सुदूरपश्चिमले फाइनल प्रवेशको लागि नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा बुधबार थ्री स्टार र नव जन जागृती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सुदूरपश्चिम स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ । देशकै सर्वाधिक राशिको मोफसल प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ पाउनेछ । उपविजेताले १० लाख १ पाउने आयोजकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);