खप्तड गोल्डकपको उपाधि सुदूरपश्चिम-११ लाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

खप्तड गोल्डकपको उपाधि सुदूरपश्चिम-११ लाई

sudurpaschim 11

धनगढी, २० फागुन । आयोजक सुदूरपश्चिम–११ ले चौंथो संस्करणको खप्तड गोल्डकप फुटबलको उपाधि जितेको छ । धनगढी रंगशाला मंगलबार भएको फाइनलमा ’ए’ डिभिजन लिग क्लब थ्री स्टारलाई १–० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।

आयोजक सुदुरपश्चिमलाई उपाधि दिलाउन बिक्रम सिंह ठकुरीले निर्णायक गोल गरे । उनले खेलको २८ औं मिनेटमा निर्णायक गोल गरे । सुदुरपश्चिमले पहिलो पटक घरेलु प्रतियोगिताको उपाधि जितेको हो । यस्तै सुदुरपश्चिम-११ खप्तड गोल्डकपको नयाँ च्याम्पियन समेत बनेको छ ।

उपाधिसँगै सुदुरपश्चिमले २१ लाख १ रुपैया प्राप्त गरेको छ । थ्री स्टारले १० लाख १ रुपैयामा चित्त बुझायो । सुदूरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);