सुदूरपश्चिम-११ खप्तड गोल्डकप फुटबलको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुदूरपश्चिम-११ खप्तड गोल्डकप फुटबलको फाइनलमा

धनगढी, १७ फागुन । आयोजक सुदूरपश्चिम–११ खप्तड गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा शनिबार भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको हो ।

सुदूरपश्चिम–११ को जितमा दुवै गोल दिपेङ सिंह ठकुरीले गरे । एपीएफका आशिष लामाले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच सुदूरपश्चिमका बिक्रम सिंह ठकुरी चुनिए ।

अब, उपाधिका लागि आयोजक सुदूरपश्चिमले थ्री स्टार र हिमालयन शेर्पा क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ । यता माने भञ्ज्याङ एफसी दार्जिलिङ भारत इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ ।

शनिवार इलामको ठुलो टुँडिखेलमा भएको पहिलो क्वाटर फाइनलमा झापा ११ लाई २–१ गोलअन्तरले पाखा लगाउँदै मानेभन्ज्याङले सेमी फाइनलको यात्रा पक्का गरेको हो ।

मानेभञ्ज्याङको जितमा दुवै गोल पिनसाई लाथोङले गरेका थिए । झापा ११ का लागी सरोज कार्कीले सानत्वना गोल फर्काए । खेलको म्यान अफ दि म्याच मानेभन्ज्याङका लाथोङ नै घोषित भए । आईतबार त्रिभुवन आर्मी क्लब र संकटा बिच खेल हुँनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);