थ्री स्टार सताक्षी गोल्डकपको फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

थ्री स्टार सताक्षी गोल्डकपको फाइनलमा

झापा, ८ फागुन । थ्री स्टार क्लब सताक्षी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा बिहीबार आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार फाइनलमा पुगेको हो ।

थ्री स्टारको जितमा कप्तान बिक्रम लामा, अनन्त तामाङ र अशोक खवासले एक एक गोल गरे । सतासीधामका पदमले एक गोल फर्काए । पहिलो हाफमा गोलरहित बराबरी खेलेको थ्री स्टार दोस्रो हाफमा तीन गोल गरेको थियो ।

सतासीधामले पेनाल्टीबाट एक गोल फर्काएको थियो । थ्री स्टारले उपाधिका लागि ’ए’ डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मीबीचको विजेतासँग खेल्नेछ । सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख नगद पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);